ट्युमरसँग जुधिरहेकी कुमारीको उपचारका लागि सहयोगको अपिल

काठमाडौं । बाल्यकालदेखि नशाको गम्भीर ट्युमर रोगसँग लड्दै आएकी कुमारी निरौलाले सहयोगको अपिल गरेकी छिन् । पाँचथर आँमचोककी २५ वर्षीया निरौलाले उपचारको लागि आर्थिक सहयोगको अपिल गरेकी हुन् ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर निरौलाले बढ्दै गईरहेको ट्युमरको दोस्रो पटक शल्यक्रिया गर्नको लागि १० लाख लाग्ने भएकोले सहयोग गर्न अपिल गरिन् । उनको हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।कार्यक्रममा बोल्दै निरौलाले यसअघि पनि शल्यक्रिया भइसकेको हुँदा अब दोस्रो पटक हुन लागेको शल्यक्रियाको लागि आफुसँग एक रुपैयाँ नभएको बताइन् ।

उनले लामो समयदेखि उपचार गर्दै आएकोले आफ्नो आर्थिक अवस्था अत्यन्तै कमजोर हुँदै गएको पनि बताइन् । उनले पर्याप्त रकम अभावको कारण उपचारमा अत्यन्तै कठिनाई भएको सुनाइन् । उनको जन्मजात नै कोठी आएको थियो । पछि कोठी बढ्दै गएर नशाको ट्युमर भएपछि आफुलाई निकै गाह्रो भएको गुनासो पोखिन् । उनी हाल आश्रय लिएर आफन्तकोमा इलाममा बस्दै आएकी छिन् ।
कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता सबिना बरालले उनका आमा, बुवा दुवैजना अशक्त रहेको जानकारी दिइन् । भएको एउटा भाई पनि मानसिक रोगी भएको उनले बताइन् । उनले आर्थिक अवस्था अत्यन्त्यै कमजोर भएकी बिरामी निरौलाको उपचारको लागि देश तथा विदेशमा रहेका सबैलाई सहयोग गर्न आग्रह गरिन् ।

कार्यक्रममा निरौलाले आफुलाई सहयोग गर्नको लागि ९८४९७५४०७१ मा सम्र्पक गर्न पनि आग्रह गरेकी छिन् । त्यस्तै, उनले सहयोगको लागि नेपाल एसबीआई बैंक मधुमल्ला शाखा झापामा रहेको खाता नम्बर २५०१५२४३४००१३७ पनि दिएकी छिन् ।

प्रतिक्रिया