बुधबार, वैशाख ५, २०८१

ओपोद्वारा फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता

नेपालखोज २०७८ मंसिर ८ गते २३:३५

काठमाडौं । केही समय अगाडी मात्रै स्लाईडिङ डिस्प्लेसहितको एक्स २०२१ मार्फत ओपोले सबैलाई चकित तुल्यायो । यस्ता उपकरण पनि निकट भविष्यमा यथार्थ प्रमाणित हुन सक्छ, भनिअ ाफैँलाई सम्झाउँदै गर्दा चिनियाँ कम्पनी भने हाम्रो सोच भन्दा पृथक लुक्ससहितको नयाँ उपकरणको योजना बनाइ रहेको छ । ओपोले डुअल साइड्स र ¥यापएराउण्ड डिस्प्लेसहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता गराएको छ ।
वल्र्ड ईन्टेलेक्चुअल प्रपर्टी अफिस (डब्ल्यूआईपीओ) मा दर्ता गरिएको प्याटेन्टमा ओपोले दुई साइड भएका उपकरण एसेम्बल र डिसएसेम्बल गर्ने तरिकाको वर्णन गरेको छ । प्याटेन्टभित्र यस उपकरणका लागि ओपोले बनाएका सोचको रेखाचित्र र योजना सम्मिलित रहेका छन् । तथापी, यसमा उपकरणको सम्भावित लुक्सका बारेमा कुनै जानकारी भने दिइएको छैन् । तथापी, अवधारणाका निर्माता र लेट्स गो डिजिटलसंगको सहकार्यमार्फत यस ओपो उपकरणको सम्भावित रुपरेखा रेन्डर गरिएको छ । यसलाई हेर्दा ओपोले अत्यन्त रोचक उपकरण प्रस्तुतगर्ने तयारी गरिरहेको देखिन्छ ।
रेन्डर्सलाई आधार मान्दाओपोको यस उपकरणमा सार्प कर्नर्सका साथमा पातला बेजल रहेको छ । यसमा कम्पनीले कभ्र्ड डिस्प्लेको प्रयोग गरेको देखिँदैन । तस्विरलाई आधार मान्दा स्क्रिनका कुनाहरुमा पनि सार्प कर्नर्सको प्रयोग भएको छ । प्याटेन्टका अनुसार यस डिजाइनमा डिस्प्ले र फ्रेमकाबिच अल्ट्राथिन स्टील प्लेटको प्रयोग भएको छ । यसले गर्दा ओपोले यसमा पातलो स्क्रिनको सहज प्रयोग गर्न सक्षम भएको देखिन्छ ।
यस उपकरणको पछिल्लो भागमा एलईडी फ्ल्याशका साथमा चार ओटा क्यामेरा छन् । यसमा रहेको डिस्प्ले फोनको पछिल्लो भागसम्म पुगेका कारण यी क्यामेराको प्रयोग सेल्फी शुटर्सका रुपमा पनि गर्न सकिनेछ । यसले गर्दा उपकरणमा छुट्टै फ्रण्ट क्यामेरा जडान गरिएका छैनन् । यसमा रहेको डिस्प्लेले अघिल्लो भागमा केहीका लागि पनि स्थान छाडेको देखिँदैन । डिस्प्लेको ¥यापए राउण्ड बायाँपट्टी रहेकाले उपकरणको दायाँ पट्टी भोल्यूम रकर र पावर बटन समाहित गरिएका छन् ।
ओपोको नयाँ प्याटेन्टले स्मार्टफोन उद्योगमा नयाँ उचाईँ हात पार्न कम्पनीका आकर्षक योजनाको झल्को दिएको छ । तथापी, हालका लागि यो मात्र एक प्याटेन्टका रुपमा रहेको छ । योजनाले वास्तविकताको रुप लिन्छ भन्ने कुराको यसले कुनै ग्यारेन्टी भने लिँदैन र लिइहालेमा पनि यसका लागि लामै समय लाग्ने देखिन्छ । तथापी ओपोको सोच भने निकै नयाँ र पृथक रहेको मादुई मत छैन ।

प्रतिक्रिया