बुधबार, वैशाख २६, २०८१

मृत्युभन्दा ठीकअघि मानिसले बोल्ने ३ शब्द के हो ?

नेपालखोज २०७८ मंसिर ९ गते ११:००

काठमाडौं । अमेरिकाकी एक नर्सले सोसल मिडियामा एउटा सनसनीखेज खुलासा गरेकी छन् । ती नर्सको नाम जुली हो । जुलीका अनुसार मृत्युभन्दा ठीक पहिले (Before Death) धेरैजसो मानिस एकै किसिमको कुरा गर्छन् । टिकटकमा जुलीका तीन लाख ७२ हजार ४ सय फलोअर्स छन्, जहाँ उनले आफ्नो अनुभव सेयर गरेकी छन् ।

होस्पिस नर्स (Hospice Nurse) जुलीले क्यालिफोर्नियाको लस एन्जलसमा नर्सका रुपमा लगभग ५ वर्ष काम गरेकी छन् । त्यसअघि उनी ९ वर्ष आईसीयू नर्सका रुपमा कार्यरत थिइन् । यस हिसाबले उनले करिब १४ वर्ष नर्सका रुपमा सक्रिय जीवन बिताइसकेकी छन् ।

जुली कुनै पनि समय मर्न सक्ने खालका गम्भीर बिरामीहरुको सेवामा हुन्छिन् । उनले आफ्ना आँखाअगाडि अनेकौं मानिस मरेको देखेकी छन् । हालै उनले आफ्नो एक टिकटक भिडियोमा मानिसहरु मर्नुअघि के बोल्छन् वा के भन्छन् भन्ने विषयमा कुरा गरेकी छन् ?

मानिस मर्नुअघि के हुन्छ ?
जुलीका अनुसार मृत्युभन्दा ठीक अघि उनले अधिकांश मानिसको श्वास-प्रश्वास प्रक्रियामा परिवर्तन देखेकी छन् । त्यसका अतिरिक्त छालाको रङमा परिवर्तन, ज्वरो आउने, बारम्बार आफ्नानजिकका आफन्तहरुको नाम लिने आदि लक्षण पनि देखिन्छन् ।

जुली भन्छिन्, ‘कतिपय मानिस मर्नुअघि ‘आई लव यू भन्छन् वा आफ्ना माता-पितालाई पुकार्छन्, जो शाधारणत: पहिले नै परमधाम प्राप्त गरिसकेका हुन्छन् ।’

एउटा अर्को टिकटक भिडियोमा जुली भन्छिन्- सास जानुअघि धेरैजसो मानिसले छायाहरु देख्छन् । ती छाया उनीहरुका पूर्वजहरुको हुन्छ र उनीहरु ती छायासँग बात मार्दै आफू पनि उनीहरुसँगै आउन लागेको कुरा बताउँछन् । नर्स जुलीका अनुसार उनीसँग मृत्यु र मृत्यु अघिसँग जोडिएका अनेकौं रोचक जानकारीहरु छन्, जसका बारेमा आम मानिसहरुलाई कुनै जानकारी छैन ।

वास्तवमा उनले ६ महिना पहिले नै यी भिडियो टिकटकमा अपलोड गरेकी थिइन्, जुली भन्छिन्- त्यतिबेला मलाई यी भिडियो यसरी भाइरल होलान् भन्ने लागेको थिएन ।

प्रतिक्रिया