बिहीबार, वैशाख ६, २०८१

नेपाली महिला क्रिकेट टोलीले कुवेतसँग खेल्दै

नेपालखोज २०७८ मंसिर ९ गते ९:२७

काठमाडाैं । आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको तेस्रो खेलमा आज नेपाली महिला क्रिकेट टोलीले कुवेतसँग प्रतिस्पर्धा गर्दै छ ।

नेपाल र कुवेतबीचको खेल दुबईमा बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघि सन् २०१९ मा भएको खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको थियो ।

प्रतियोगितामा पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेट हराउँदै ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ ।

प्रतिक्रिया