सुनकाे भाउ समान्य घट्याे, चाँदीकाे कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ मंसिर ९ गते १०:५७

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन १ सय रूपैयाँले घटेकाे छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १ सय रुपैयाँले नै घटेको छ । तेजाबी सुन आज ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ५ रूपैयाँले बढेकाे छ । आज चाँदी १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया