बिहीबार, जेठ २, २०८२

राप्रपा नेता लिङ्देनद्वारा पार्टी अध्यक्ष पदमा उम्मेद्‌वारी घोषणा

नेपालखोज २०७८ मंसिर ९ गते १२:१३

काठमाडौं । राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै अब पार्टीको परम्परागत गुट अन्त्य गर्ने बताए ।

उनले आफू पार्टीको अध्यक्ष बने देशमा कांग्रेस–कम्युनिष्टले गर्न नसकेको काम गर्ने बताए । राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया