शुक्रबार, वैशाख १४, २०८१

ज्योति विकास बैंकले ताेक्याे १५ दशमलव ५ प्रतिशत लाभांस

नेपालखोज २०७८ मंसिर ९ गते १४:२९


काठमाडौं । ज्योति विकास बैंकले १५ दशमलव पाँच प्रतिशत अर्थात ५९ करोड ५९ लाख ४७ हजार पाँच सय ३१ रुपैयाँ बराबरको लाभांस वितरण गर्ने घोषणा गरेको छ ।

बैंकले गत आर्थिकवर्षको खुद मुनाफा मध्येबाट हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब ८४ करोड ४८ लाख २२ हजार सात सय ८१ रुपैयाँ मध्येबाट ११ प्रतिशत अर्थात ४२ करोड २९ लाख ३० हजार पाँच सय छ रुपैयाँ बराबरको बोनस सेयर र चार दशमलव पाँच प्रतिशत अर्थात १७ करोड ३० लाख १७ हजार २५ रुपैयाँ बराबरको नगद लाभांस वितरण गर्ने घोषणा गरेको हो ।

लाभांस वितरण सम्वन्धी सञ्चालक समितीको यही मंसिर नौ गते अर्थात आज बिहीबार बसेको चार सय छ औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया