३ अंकले नेप्से घट्दा पौने ४ अर्बको सेयर किनबेच

काठमाडौं । नेप्से पुनः घटेको छ । अघिल्लो दिन झन्डै दुई अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज तीन दशमलव २२ अंकले घटेर २७ सय ३१ दशमलव ७८ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ४५ अंकले बढेर पाँच सय १५ दशमलव ६४ अंकमा पुुगेको छ ।
२३३ कम्पनीको ४७ हजार एक सय १३ पटकको कारोबारमा ७४ लाख ८६ हजार पाँच सय ७५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ७८ करोड ९७ लाख नौ हजार तीन सय ३१ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहहरुको कारोबार भएकोमा आज तीनवटा समूहको सूचक बढेर १० वटा समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव ७७ अंकले बढेर १८ सय १३ दशमलव ७९ अंकमा पुगेकामा होटेल तथा पर्यटन र अन्य समूहको सूचक पनि बढेका छन् ।
विकास बैंक समूहको सूचक भने ७० दशमलव ८७ अंकले घटेर ५२ सय ३० दशमलव ८७ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ५६ दशमलव ८४ अंकले घटेर १२ हजार एक सय २८ दशमलव ४२ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि २३ दशमलव २६ अंकले घटेर १४ हजार ६ सय ९६ दशमलव ९५ अंकमा झरेकामा जलविद्युत्, ट्रेडिङ, फाइनान्स, उत्पादनममूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज समृद्धि फाइनान्सको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव २७ अंकले बढेर पाँच सय ६८ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा मानुषी लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव ९३ प्रतिशतले घटेर १८ सय ६० रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता १४ सय ८४ रुपैयाँ अन्तिम मूल्यमा २६ करोड ५७ लाख १३ हजार सात सय ३६ रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया