कीर्तिपुर नगरपालिकामा राष्ट्रिय गान गाउने नियम लागु
नेपालखोज
२०७८ मंसिर ९ गते १९:४२

काठमाडौं । कीर्तिपुर नगरपालिकाले कार्यालय समय सुरु हुनु भन्दा पहिले राष्ट्रिय गान गाउने नियमको सुरुवात गरेको छ । कर्मचारीहरुलाई राखेर कार्यालय समय सुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने नियम सुरुवात गरेको हो । हरेक दिन कार्यालय समय सुरु हुनुपूर्व नेपाली र नेवारी राष्ट्रिय गान गाएर मात्रै काममा लाग्ने नियम बनाएर नगरपालिका अघि बढेको हो ।
राष्ट्रिय गान गाएर कार्यालयको काम गर्दा कर्मचारीहरुमा एक किसिमको जागरुकता आउने र समयमै कार्यालय सञ्चालन गर्न सकिने कुराको विकास हुने कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनले बताए । उनले राष्ट्रिय गानसहित प्रत्येक दिन जसो केही निर्देशन पनि दिने र नीति कथाहरु पनि भन्ने गरेको बताए ।
नगरप्रमुख महर्जनले यस किसिमको कार्यक्रमले कर्मचारीहरुमा सचेतना बढेको र समय भन्दा ढिलो आउने समस्या हल भएको पनि बताए ।
सम्बन्धित

प्रतिक्रिया