बिहीबार, वैशाख १३, २०८१

‘दुःख-सुख, सबैथोक सम्भव छ’

तपाईंलाई जे-जति मन पर्छ, तिनका सीमाहरूमा बाँच्नुको तुलनामा आफ्ना सीमाहरूबाट पर जानु निकै बढी महत्त्वपूर्ण छ ।

नेपालखोज २०७८ मंसिर १० गते ८:१९

‘विरोधाभास केवल मनको दायरामा हुन्छ’

-केही सिक्ने प्रक्रियाबाट सधैँ स्वतन्त्र भएको महसुस हुन्छ । तर, जब यो थोपरिन्छ, तब यसले सधैँ निराश बनाउँछ ।
-यस्तो स्थान पनि छ, जुन तर्कहरूभन्दा पर छ । जबसम्म तपाईं त्यहाँ पुग्नुहुन्न, तपाईंले न प्रेमको मिठास जान्नुहुनेछ, न त चैतन्यलाई ।
-मूलतः हरेक अनुभव- चाहे दुःख वा सुख, खुसी वा कष्ट, पीडा वा परम-आनन्द- हामीभित्रै उत्पन्न हुन्छन् ।
-यदि तपाईं कुनै पनि क्षेत्रमा रचनात्मक हुन चाहनुहुन्छ भने, तपाईंले ध्यान दिनुपर्ने हुन्छ । सम्भव भए जति अत्यधिक गहिराइमा ध्यान दिने हो भने, त्यसले तपाईंभित्र विशाल दृष्टि ल्याउनेछ ।
-बुद्धत्त्व भनेको तपाईंलाई कुनैपनि कुराबाट वञ्चित गरिनु होइन । दुःख-सुख, सबैथोक सम्भव छ- तर, सबैथोक तपाईंको रोजाइले हुन्छ ।
-अरू कुनै पनि प्राणीको तुलनामा, केवल मनुष्य भएकाले तपाईंमा सचेतन रूपमा विकसित हुने क्षमता रहेको छ ।
-कृतज्ञता यस्तो कुरा होइन, जुन तपाईंले व्यक्त गर्नुपर्छ । यदि तपाईं आफ्नो जीवनमा योगदान गर्ने हरेक चिजप्रति कृतज्ञताले भरिनुभयो भने, त्यसले तपाईंलाई भित्रैबाट पगाल्नेछ ।
-जो मानिसहरू पर्फेक्सन खोज्छन्, उनीहरूले जीवनलाई जान्न सक्दैनन् ।
-तपाईंको शारीरिक स्वास्थ्य, तपाईंको मानसिक स्वास्थ्य, तपाईंको आध्यात्मिक सम्भावना- सबैथोक तपाईंले आफूमा कति सौर्य ऊर्जा आत्मसात् गर्नुभएको छ भन्ने कुराले तय गर्छ ।
-तपाईंको शारीरिक स्वास्थ्य, तपाईंको मानसिक स्वास्थ्य, तपाईंको आध्यात्मिक सम्भावना- सबैथोक तपाईंले आफूमा कति सौर्य ऊर्जा आत्मसात् गर्नुभएको छ भन्ने कुराले तय गर्छ ।
-आफूलाई यसरी इन्जिनियर वा निर्माण गर्ने, जस्तो तपाईं बन्न चाहनुहुन्छ- यसैलाई म इनर इन्जिनियरिङ भन्दछु ।
-अस्तित्वको स्तरमा केही पनि विरोधाभासपूर्ण छैन- सबैकुरा एक-अर्काको परिपूरक हुन् । विरोधाभास केवल मनको दायरामा हुन्छ ।
-तपाईंलाई जे-जति मन पर्छ, तिनका सीमाहरूमा बाँच्नुको तुलनामा आफ्ना सीमाहरूबाट पर जानु निकै बढी महत्त्वपूर्ण छ ।
-जबसम्म तपाईंभित्र रिस, चिढचिढापन, घृणा, ईर्ष्या र असहनशीलता रहिरहन्छ, तपाईं एउटा बम जस्तै हो, जुन जतिबेला पनि बिस्फोट हुन सक्छ ।
-प्रेम सदैव मुक्त गर्ने प्रक्रिया बन्नुपर्छ, न कि तपाईंलाई उल्झनमा पार्ने ।

प्रतिक्रिया