आइतबार, जेठ ६, २०८१

फेशन

सुनिल उलक २०७९ फागुन ५ गते १३:०८

हामी स्वभावले नै ढिलो चाडो वा संगसंगै फेशनको पछि पछि लागेकै हुन्छौ । तर फेशनले हामीलाई एउटै गोलाकार भित्र घुमाई रहेको हुन्छ तर हामीले पत्तै पाउदैनौ । भलै नाम बदलिएर आउला तर पहिरन त उहि पुरानै हुने गर्छ ।

नेपालमा फेसन भने भारतीय चलचित्रका प्रभावले आउने जाने गर्दछ । सन् ५० को दशकमा भारतमा आएको प्यारेलाल सलवार, ६० को दशकमा आएको चुडिदार सलवार, ७० को दशकमा पुरुषहरुले लगाउने बेल बटम पाइन्ट र बाख्राको कान जस्तो लामो कलर भएको सर्ट विशेष हुन्थे । यो ८० को दशक सम्म चल्यो । महिलाका पुराना फेसनहरु त फर्केर आयो । तर पुरुषहरुले लगाउने गरेको बेलबटम पाइन्ट र लामो कलर भएको सर्ट फेरि लगाउन खोजेनन् । केही समय अगाडि भने केही ठूलो पाइन्टको फेसन त आएको थियो तर धेरैले रुचाएनन् ।

यहि तस्विरमा हेरौ, यो तस्विर ६० वर्ष अगाडीको हो । यहाँ लगाईएको फेशन बजारमा केही वर्ष अगाडि निकै चलेको फेशन हो। त्यतिबेला प्यारेलाल (English Parallel) भनिन्थ्यो तर अहिले यसलाई प्लाजो भनेर चिन्दछन । आखिर भिन्नता के नै छ र !!!!

प्रतिक्रिया