शुक्रबार, वैशाख ७, २०८१

राजेश हमालले किने करोड माथिको जिप कम्पास

नेपालखोज २०७८ मंसिर १० गते ८:४८

काठमाडौं । महानायक राजेश हमालले जिप कम्पनीको नयाँ जिप कम्पास खरिद गरेका छन् । हालसालै श्रीमती मधुका साथ दुबई पुगेर आएका हमालले श्रीमती मधु भट्टराईसँगै बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पासको साँचो हातमा लिएका हुन् ।

नेपालमा ८४ लाख ९० हजारदेखि १ करोड ३६ लाख ९० हजार रुपैयाँसम्म पर्ने जिप उपलब्ध भएपनि हमालले किनेको गाडीको मूल्य खुलाइएको छैन ।

जिपको डेलिभरी लिएपछि हमालले आफूले युवाअवस्थादेखि नै जिपका बारेमा सुन्दै आएको कुरा बताउँदै आफू जिपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित भएको कुरा बताएका छन् ।

हमालले भने ‘म खुशी छु किनभने आज मैले जिप किनें ।’ नायक हमालले सुरुका केही चलचित्रमा विलिस जिप पनि चलाएका थिए ।

नेपालमा नयाँ जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ र प्रिमियम एसयुभी सेग्मेन्टमा जिपको बिक्री उल्लेखनीय भएको बताइन्छ ।

प्रतिक्रिया