आईसीसी महिला टी-२० मा नेपाली महिलाले आज मलेसियासँग खेल्दै
नेपालखोज
२०७८ मंसिर १० गते ९:०७

काठमाडाैं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा प्रतिस्पर्धा गरिरहेको नेपालले आज आफ्नो चौंथो खेलमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । कप एसिया छनोटको चौथो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज मलेसियासँग खेल्ने भएकाे हाे ।
खेल बिहान सवा ११ बजे यूएईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।
नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । यस्तै नेपालले हिजो कुवेतलाई ९ विकेटले हराउँदै विश्व कपको ग्लोबल छनोट पुग्ने सम्भावना जीवितै राखेको छ ।
सम्बन्धित
प्रतिक्रिया