कानुनी शासन स्थापित गर्न सहयोगका लागि प्रहरीको आग्रह
नेपालखोज
२०८२ भदौ २४ गते २२:०२

काठमाडौं । नेपाल प्रहरीले कानुनी शासन स्थापितका लागि सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।
प्रहरीले जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको अप्रत्याशित र दु:खद घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै शान्ति पुनर्स्थापनाका लागि सबैलाई सहयोग गर्न आग्रह गरेको हाे ।
प्रहरी महानिरीक्षकको सचिवालयले एक अपिल जारी गर्दै यो कठिन घडीमा सबै नेपाली र प्रहरीले राष्ट्रको सुरक्षा, हित र अपराध नियन्त्रणका लागि एकजुट हुन जरुरी रहेको बताएको छ ।
अपिलमा सार्वजनिक शान्ति, अमनचयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानुनी शासन स्थापित गर्नका लागि प्रहरीलाई सहयोग गर्न सबैमा हार्दिक अनुरोध गरिएको छ ।

सम्बन्धित

प्रतिक्रिया