सुनकाे मूल्य सामान्य बढ्याे, चाँदीकाे घट्याे
नेपालखोज
२०७८ मंसिर १० गते १०:४५

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन २ सय रूपैयाँले बढेकाे छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९१ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले नै बढेकाे छ । तेजाबी सुन आज ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ५ रूपैयाँले घटेकाे छ । आज चाँदी १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया