बिहीबार, वैशाख १३, २०८१

जंगली हात्तीको आक्रमणबाट चिया मजदुरको मृत्यु

नेपालखोज २०७८ मंसिर १० गते ११:०४

झापा । चिया टिप्दै गरेका एक मजदुरको जंगली हात्तीको आक्रमणबाट आज (शुक्रबार) बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६०वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले जनाएको छ ।

आज बिहान साढे ६ बजे मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया