चौबीस घण्टामा थपिए २७० संक्रमित, ३०२ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ७ हजार ८२९ जनाको पीसीआर परीक्षण गर्दा २४२ र २ हजार ६१७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २८ जना गरि कुल २७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २० हजार ५२७ र एन्टीजेन विधिबाट ९५ हजार ४५२ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार २८७ रहेको छ ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ३०२ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख १ हजार ७२२ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ७ प्रतिशत पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५१८ पुगेको छ ।
प्रतिक्रिया