नेपालमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव, तराईका भू-भागमा तुँवालो !

काठमाडौं । नेपालको पूर्वी भू-भागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
प्रदेश १, वाग्मती र गण्डकीका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भू-भागमा आंशिक बदली रहेको छ । तराईका भू-भागमा तुँवालो लागेको छ।
आज (शनिबार) दिउँसो प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ । प्रदेश १, वाग्मती र गण्डकीको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।
राति भने पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने प्रदेश १, वाग्मतीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
भोलि (आइतबार) दिउँसो प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनीको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ । प्रदेश १, वाग्मती र गण्डकीको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश १, वाग्मती र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली
आइतबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ । प्रदेश १, वाग्मती र कर्णालीको उच्च हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
पर्सि (सोमबार) दिउँसो प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ । विभागका अनुसार प्रदेश १, वाग्मती र गण्डकीको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति भने पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ । प्रदेश १, वाग्मती र कर्णालीको उच्च हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रदेश १, वाग्मती र गण्डकीको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, वाग्मती, गण्डकी तथा सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा महाशाखाले अनुरोधसमेत गरेको छ ।
प्रतिक्रिया