‘मन्त्रालयमा केही लिन होइन श्रमिक र मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्यले आएँ’

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गरेका छन् । शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा लिएर आउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेका हुन् ।
उनले आफू मन्त्रायलमा केही लिनको लागि नभइ श्रमिक र श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्यले आएको बताए । उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सक्रिय रहेका विभिन्न २१ संघ संस्थाहरुलाई मोर्डन इण्डियन स्कुलको पूर्वविद्यार्थी समाजले ट्रयाकसुट वितरण गरेकोमा आफूलाई खुशी लागेको र निःस्वार्थ सहयोग गर्दा अन्य सबैको साथ र सहयोग पाउने बताए ।
मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापनमा सक्रिय रहेका संघ संस्थाहरुलाई राज्यले पनि विशेष महत्व दिनुपर्ने बताए । मोर्डन इण्डियन स्कुलको पूर्व विद्यार्थी समाजले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा लागेका विभिन्न २१ संस्थाका करिव ७ सय भन्दा बढी श्रमिकहरुलाई ट्रयाकसुट वितरण गरेको छ ।

प्रतिक्रिया