मंगलबार, वैशाख १६, २०८२

माओवादीलाई क्रान्तिकारी पार्टी बनाउन अभियान छेडिने

नेपालखोज २०७८ मंसिर ११ गते १४:२०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीलाई क्रान्तिकारी पार्टी बनाउन देशव्यापी अभियान चलाउने बताएका छन् । माओवादी केन्द्रको पालिका सम्मेलनको भर्चुअल कार्यक्रममार्फत आज (शनिबार) उद्घाटन गर्दै उनले समाजवादी क्रान्ति गर्नलायक पार्टीको रुपमा विकसित गर्ने संकल्प गर्ने बताए ।

अध्यक्ष प्रचण्डले माओवादी अरुजस्तो पार्टी नभएको बताएका छन्। उनले माओवादीको विगत र विरासत दुवै क्रान्तिकारी रहेको जनाए । आफूमा क्रान्तिकारी सामाजिक रुपान्तरण गर्दै समाजवादमा जाने अभिस्ट भएको बताउँदै प्रचण्डले अबका दिनमा क्रान्तिकारी सक्रिय हुनु पर्नेमा जोड दिए ।

मालेमावादी मार्गदर्शक सिद्धान्त सर्वसम्मत रुपमा स्वीकार गरेको बताउँदै उनले अब समाजवादी क्रान्तिको मोडल आर्थिक, सामाजिक, सांकृतिक पार्टी संगठन र कार्यशैली विकसित गर्ने बताए ।

प्रतिक्रिया