शनिबार, वैशाख १५, २०८१

बलिउड अभिनेत्री जसले विवाहित पुरूष राेज्दा होम ब्रेकरकाे ट्याग पाए

नेपालखोज २०७८ मंसिर १२ गते ७:३१

काठमाडाैं । बलिउडमा थुप्रै त्यस्ता अभिनेत्री छन् जसले विवाहित पुरुषसँग प्रेम गरेर उनीहरुलाई आफ्नो बनाएका छन् । यो सूची साच्चिकै लामो छ । यसरी विवाहित पुरुषसँग विवाह गर्नेहरुलाई ‘होम ब्रेकर’ भन्ने चलन पनि छ ।

हेराैं बलिउडका केही होम ब्रेकर अभिनेत्रीहरु जसका लागि उनीहरुका प्रेमिले आफ्नो हुँदाखादाको गृहस्थी उजाडे ।

यो सूचीमा श्रीदेवी पनि छिन् । श्रीदेवीका लागि बोनी कपुरले अर्जुन कपुरकी आमा अर्थात आफ्नी जेठी श्रीमतीलाई छोडेका थिए । शिल्पा सेट्टीका लागि राज कुन्द्राले आफ्नी श्रीमती कवितासँग पारपाचुके लिए । यो प्रसंगमा कविताले शिल्पाका बारेमा केही तितो कुरा पनि सार्वजनिक गरेकी थिइन भने मानिसहरुले शिल्पालाई होम ब्रेकर भन्दै आलोचना गरेका थिए ।

दिया मिर्जाले वैभव रेखीसँग विवाह गरेकी छन् । दियासँग उनको दोस्रो विवाह हो । पहिलो श्रीमतीबाट वैभवकी एक छोरी छिन् । उलाला गर्ल विद्या बालनसँगविवाह गर्नु पहिले सिद्धार्थ राय कपुरले दुई श्रीमती छोडिसकेका थिए ।

रवीना टन्डनले अनिल थदानीसँग विवाह गरेकी हुन् । अनिलले रवीनाका लागि आफ्नि श्रीमतीसँग पारपाचुके लिए । लारा दत्ताकाे मन पनि विवाहित महेश भू-पतिमा पुगेर अडियो । महेशले पहिले श्वेता जयशंकरसँग विवाह गरेका थिए ।

अमृता सिंहसँग अलग भएपछि सैफ र करीना कपुरको नाता गासिएको हो । यसैगरी रानी मुखर्जीसँगविवाह गर्न आदित्य चोपडाले आफ्नी श्रीमती त्यागेका थिए ।

प्रतिक्रिया