आइतबार, भदौ ३०, २०८१

‘केपी बाको कमेडी क्लबमा सुहाउँदैन’

नेपालखोज २०७९ वैशाख २१ गते ११:२७

गालीगलोच कुरुप मानसिकताको उपज हो ।
सहि विचारबोक्नेले आफ्नो काम खुरुखुरु गर्छ ।
अरुको आलोचनामा समय खर्चन्न !!!!

तपाईंको विचार प्रति बिनाकारण नै अनेकौं गालीगलोच
गरिरहेका छन भने !
मान्नुस तपाईंको विचारलाई गलत सावित गर्ने प्रयास गरिदै छ ।

येदि तपाईं यो बाटो सबैको भलोको लागि हिडिरहनु भएकोछ भने ढुक्क भएर अगाडि बढ्नुस ।
विचार बोक्न पाउनु तपाईंको नैसर्गिक अधिकार हो ।
करिश्मा मानन्धर

प्रतिक्रियाहरु :

पहिला नेपालीको मनमा , अब केपीकाे मनमा सुर्य कुमारी ।
विदुर पौड्याल

सूर्य भगवान् र सुर्जेकुमारीमा फरक छ महोदया ।
सन्तोष मोक्तान

यो कुरा केपि बालाइ सिकाउ सुर्यकुमारी ।
अर्जुन आचार्य

पार्टीको झोला वोक्नु पनि आफ्नै नैसर्गिक अधिकार हो ! जता फाइदा हुन्छ तेतै ढल्किनु पर्छ !!
सूर्य अधिकारी

यो कुरा यहाँको आदर्श र महान नेता ओली सर, स्थापित सर र गोकुल सर लाई भन्नु होला। अरु सबैलाई थाहा छ।
सोम भण्डारी

ओलीलाई यो उपदेश दिनुहोस । तपाईं जस्ती नायिक एमालेमा जानु लज्जा हो ।
डीबी विष्ट

हो सुर्जेकुमारीजी तपाईंको अध्यक्ष केपी ओलीलाई यो कुरो सुनाउनुस् । सारै गालीगलोज गर्छन् अरुलाई ।
किशोर तुम्बाबो लिम्बू

सही भन्नुभयो तपाइले तर तपाइका लिडरलाई कसैलाई असभ्य भाषामा गाली नगरि खाएकै पच्दैन ।
रमा उप्रेती

सिनेमामा नबिकेपछी राजनितिमा गएर बिक्छु की भन्ने तपाइको ठुलो भ्रम हो! जब आफ्नै लाइनमा पालो आउदैन भने अर्काको लाइन मिचेर के तपाइलाई अगाडि उभिन देलान त??
कुष्माकर भुसाल

साँच्चै राजनीति गर्ने हो भने यो मेक-अप छोड्नै पर्छ!
तर राजनीति तपाईंको जोन नै होइन। गलत स्टेप लिँदै हुनुहुन्छ!
दिवाकर शर्मा

सुर्य कुमारी , सुर्य जस्तै चम्किली ।
अधिकारी नेत्र

त्यसो भए के पि र केशब स्थापित लाई के भन्नू हुन्छ त ??
युवराज पोखरेल

सबै लाई गालिगलोच गर्ने कम्रेड सुर्जे कुमारी तपाईं का बा के पि वलि होइन र ?
श्रीकुमार विके

आफ्नै बा केपी ओलीको कुरा गरेजस्तो लाग्यो ।
मोहन राई

सुर्जे कुमारी दिदी यो दार्शनिक कुरा त बाबुरामको हुँदा सुहाउने हो केपी बाको कमेडि क्लबमा त सुहाउँदैन त ।
प्रसंग शेर्पा

तपाईको भनाई सहि हो तर तपाई नेकपा एमाले प्रवेश गरेदेखि के पि ओली सारै नराम्रो संग गाली गर्न थाले पहिला ओली लाई सोधे हुन्थ्यो कि ?
प्रेमनाथ योगी

बिल्कुल बिल्कुल सुर्जेकुमारी आन्टी ।
मीन मगर

हृदय देखि नै नेपालीहरुकाे असल नायिका भनेको त केपी ओलीकाे सुर्जे कुमारी मात्रै अन्तमा हुन पुगेछ।
एस के राई

करिस्मा उर्फ सूर्यकुमारी बैनीकाे विचार सुन्दर मुखाकृतिकाे प्रतिबिम्ब हाे ।
गोपाल संग्रौला

यो अभिव्यक्ति शिर्ष नेतागणलाइ सम्झाउनु सुर्जेकुमारी दिदि ।
दिनेश घतानी

बा लाई पनि सम्जाइ दिनु।
अमृत पनेरु

सबैभन्दा पहिला तिम्रो आफ्नो बालाई भन ,सिकाउ अरुलाई इज्जत नदिने गालिगलौज गर्ने त तिम्रो बा नै हुन नम्बर एकमा ।
एस पी बराकोटी

जुन जस्तै चम्किलो मुहार भएकी सुर्यकुमारी दिज्यु ।
डीजे मेवाहाङ

सुर्जे कुमारी पहिला सारै राम्री सारै ग्यानी , नेपालको पहिलो महानायिका नै लाग्थ्यो ।अहिले त तिम्रो अनुहार मा नि भस्टचारी बलत्कारी ,झुट्को खेती गर्ने नेताहरुको अनुहार को रङ मिसिएको देख्छु । कागले आफ्नो नाम आफै काड्छ भन्थे हो रहेछ ।
इन्दिरा उप्रेती

प्रतिक्रिया