शुक्रबार, वैशाख १४, २०८१

चौबीस घण्टामा थप १५८ जनामा संक्रमण पुष्टि, ३४२ डिस्चार्ज

नेपालखोज २०७८ मंसिर १२ गते १६:३५

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ र २ हजार ३१४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जना गरि कुल १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २० हजार ८७८ र एन्टीजेन विधिबाट ९५ हजार ४७२ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ रहेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ३४२ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख २ हजार ३८९ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ७ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५२३ पुगेको छ ।

प्रतिक्रिया