राष्ट्र बैंकले भोलि ११ अर्ब ८५ करोडको ट्रेजरी बिल बिक्री गर्दै

नेपालखोज २०७८ मंसिर १२ गते १७:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः नौ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि दिउँसो दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने मंसिर १४ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरी मध्ये ९१ दिने अवधिको तीन अर्ब १३ करोड र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैंयाँको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश २०७८ फागुन १७ गते र २०७९ जेठ १७ गते तोकिएको छ । यसअघि पनि राष्ट्र बैंकले यही मंसिर छ गते झण्डै १७ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो । राष्ट्र बैकका अनुसार भोलि बिक्री हुने ट्रेजरी पुरानो नविकरण अन्र्तगतको हो ।

प्रतिक्रिया