शनिबार, फागुन १९, २०८०

मातातिर्थ वृद्धाश्रमलाई ज्योति विकास बैंकको सहयोग

नेपालखोज २०७८ मंसिर १२ गते १९:४९

काठमाडौं । ज्योति विकास बैंकले चन्द्रागिरी न.पा ६ काठमाडौं स्थित मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरु प्रदान गरेको छ ।

आश्रममा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य, काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिप राज बराल र बैंकका बलम्बु शाखाका शाखा प्रबन्धक प्रकाश श्रेष्ठद्वारा वृद्धाश्रम समितिका कार्यालय प्रमुख राम थापालाई न्यानो कपडा हस्तान्तरण गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रर्वधन कोषमार्फत आश्रममा आश्रित वृद्धाका लागि बढ्दै गएको चिसो मौसमको लागि उपयुक्त न्यानो कपडा सहयोग गरेको हो । बैंकले हाल एक सय पाँच वटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया