सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएको आज एक वर्ष पुरा
काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाएको एक वर्ष पुगेको छ । २०७५ साल फागुन २८ गते लगाइको प्रतिबन्ध अहिले पनि जारी छ ।
प्रतिबन्ध लगाएकै बेला तीन महिनाभित्रै विप्लव समुहलाई पूर्ण नियन्त्रणमा लिने सरकारले जनाएको थियो । तर उसका गतिविधि अहिले पनि जारी छ । सांगठिन रुपमा कमजोर बनेपनि आफ्ना गतिविधि भने जारी राखेको छ ।
यसबीचमा उसका एक हजार भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । ९ जना नेता कार्यकर्ताको मृत्यु भएको छ । ६ जना आफैले बोकेको बम बनाउने क्रममा विस्फोट भएको प्रहरीको दाबी छ ।
९ सय ७३ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । यसबीचमा सरकार र विप्लव समुहबीच वार्ताको प्रयास भएपनि दुवै पक्ष आ आफ्ना अडानमा रहेका कारण वार्ता हुन सकेको छैन् ।
सरकारले बिना शर्त वार्तामा बस्नु पर्ने अडान राखेको छ भने आफूमाथि लागेको प्रतिबन्ध हटाउनुपर्ने, वार्ताका लागि पत्र पठाउनु पर्ने र एजेन्डा बनाएर मात्रै वार्ता हुनु पर्ने विप्लव समुहको शर्त छ ।
प्रतिक्रिया