एमाले महाधिवेशनमा पत्रकारका लागि सहायता कक्ष

चितवन । नेकपा (एमाले)को सौराहामा जारी १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी सञ्चारकर्मीलाई प्रेस चौतारी नेपाल, चितवन शाखाले सहायता कक्षमार्फत व्यवस्थापन र अन्य सहयोग गरेको छ ।
महाधिवेशनमा समाचार संकलनका लागि केन्द्र र स्थानीयस्तरबाट आएका सञ्चारकर्मीलाई समाचार संकलनमा सहजीकरण गरेको चौतारीका जिल्ला अध्यक्ष सुवास पण्डितले बताए । चौतारी वाग्मती प्रदेशका सदस्य एवं महाधिवेशन प्रचार सहयोग समिति, चितवनका सचिव तिलक रिमालले पत्रकारलाई सहजीकरण गर्न मिडिया सेन्टरसमेत स्थापना गरिएको बताए ।
पत्रकारलाई समाचार सम्प्रेषण गर्न सहज तुल्याउन मिडिया सेन्टरमा आवश्यक इन्टरनेट र कम्प्युटरको सहज व्यवस्था गरिएको उनको भनाइ छ । रिमालले भने, “मिडिया सेन्टरमा बसेर पत्रकारलाई समाचार तयार गर्न सहज भएको छ ।” चौतारीले हेल्पडेस्कबाट पानी, चिया, अण्डा र केरासमेत निःशुल्क वितरण गरिरहेको छ । यस्तै स्वास्थ्य सामग्री मास्क, स्यानिटाइजर पनि वितरण गरिएको छ ।
भरतपुरको नारायणी नदी किनारमा सम्पन्न महाधिवेशनको उद्घाटन सत्रमा चौतारी चितवनले प्रकाशन गरेको चौतारी स्मारिका एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट विमोचन गरिएको थियो ।
प्रतिक्रिया