महिला टी–ट्वान्टी : नेपाल ग्लोबल छनोटमा पुग्न सकेन
नेपालखोज
२०७८ मंसिर १२ गते २१:५३

काठमाडौं । नेपाल आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत युएईसँग ४८ रनले पराजित भएपछि नेपालको ग्लोबल छनोटको यात्रा समाप्त भएको हो ।
प्रतियोगिता अन्तर्गत नेपालले पाँच मध्ये केवल तीन खेलमा जित हात पार्न सक्यो । नेपाल यस अघि हङकङसँग पराजित भएको थियो । जितका लागि चाहिएको १ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरको २ बल बाकी छदा अलआउट हुदै केवल ७९ रन बनाउन सक्यो ।
नेपाललाई पराजित गरेको युएईले लगातार ५ खेल जित्दै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ । यस अघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन जोड्यो ।
सम्बन्धित
प्रतिक्रिया