एमालेमा सर्वसम्मत नेतृत्व चयन हुन सकेन,उपाध्यक्षमा भुसाल र सचिवमा आचार्यको पनि उम्मेद्वारी
नेपालखोज
२०७८ मंसिर १३ गते १०:०३

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनमा ‘सर्वसम्मत’ नेतृत्व चयन नहुने भएको छ । एकपछि अर्को गर्दै नेताहरूले उम्मेद्वारी दिन थालेपछि यस्तो संकेत आएको हो ।
आज (सोमबार) विहान सार्वजनिक भएको पदाधिकारीको सूचीमा असन्तुष्टि जनाउँदै केही नेताहरुले उम्मेद्वारी दर्ता गराउन थालेका छन् ।अध्यक्षमा भीम रावलले उम्मेद्वारी दर्ता गराएका छन् ।
रावलको प्रतिस्पर्धा केपी शर्मा ओलीसँग हुनेछ ।यस्तै उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै भीम आचार्यले आफ्नो नाम पदाधिकारीको सूचीमा नपरेपछि सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया