सर्वसम्मत नभएपछि ओलीको पनि अध्यक्षमा उम्मेद्वारी दर्ता

नेपालखोज २०७८ मंसिर १३ गते १०:३६

चितवन । नेतृत्व सर्वसम्मत हुन नसकेपछि एमाले अध्यक्षमा केपी शर्मा ओलीले उम्मेद्वारी दर्ता गराएका छन् । नेता भीम रावलले अध्यक्षमा उम्मेद्वारी दिएपछि नेता ओली पनि चुनावी प्रक्रियामा गएका हुन् ।

बहालवाला अध्यक्ष रहेका ओलीले जारी १० औं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने प्रयास गरेका थिए ।सहमति नभएका अध्यक्ष,उपाध्यक्ष, सचिव र सह–सचिव पदमा आजै बेलुकी मतदान हुनेछ ।

ओलीले गएराति भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्य र पदाधिकारीको सूची पेस गरेका थिए । प्रस्तावित सूचीमा नाम नपरेका नेताहरुले उम्मेद्वारी दिएपछि नेतृत्वका लागि निर्वाचन हुने पक्कापक्की भएको हो । सहमति नभएका अध्यक्षसहित सबै पदमा चुनाव हुनेछ ।

निर्वाचन तालिकाअनुसार उम्मेदवारको प्रारम्भिक नामावली बिहान १० बजेर ३० मिनेटमा प्रकाशन हुने छ । अन्तिम नामावली बिहान ११ बजेर ४० मिनेटमा प्रकाशन हुने जनाइएको छ । मतदान राति ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म हुने जनाइएको छ ।

प्रतिक्रिया