एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध पदाधिकारी चयन
नेपालखोज
२०७८ मंसिर १३ गते ११:३१

काठमाडौं । नेकपा (एमाले)को जारी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध पदाधिकारी चयन भएका छन् ।
बिहान १० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समयमा कसैको पनि उम्मेद्वारी नपरेपछि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा पाँच पदाधिकारी निर्विरोध निर्वाचित हुने भएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया