शुक्रबार, वैशाख १४, २०८१

पोल्याण्ड र बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन

नेपालखोज २०७८ मंसिर १३ गते १६:०३

काठमाडाैं । पोल्याण्ड र बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि कोरोन भाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनबाट संक्रमित भेटिएका छन् । फ्रान्सका स्वास्थ्य मन्त्रीले आइतबार राती ओमिक्रोनबाट संक्रमित शंकास्पद विरामी भेटिएको जानकारी दिए ।

पछिल्लो १४ दिनमा अफ्रिकाबाट आएकाहरुमा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको उनको भनाइ छ । संक्रमित भएका मध्ये ८ जनामा कोरोनाभाइरसको नयाँ संक्रमण ओमिक्रोन नै हुन सक्ने उनले बताए ।

त्यसैगरी पोल्याण्ड र बेलारुसको सीमा क्षेत्रमा रहेको आप्रवासी शिविरमा पनि कम्तीमा दुई जनामा कोरोनाभाइरसको नयाँ संस्करण देखिएको छ । बेलारुसको ग्रोड्नो क्षेत्रका गभर्नर भ्लादिमिर कारानिकले आफ्नो देशमा पनि ओमिक्रोन भेटिएको पुष्टि गरेका हुन् ।

‘हाम्रो स्वास्थ्य प्रयोगशालाले पनि उनीहरुमा ओमिक्रोन भेटिएको पुष्टि गरेको छ, उनीहरुको थप उपचार भइरहेको छ, थप फैलिन नदिनका लागि हामीले उच्च सतर्कता अपनाउनु पर्नेछ’ उनले भने ।

युरोपेली मुलुक प्रवेश गर्नका लागि हजारौ शरणार्थीहरु पोल्याण्ड र बेलारुसको सीमा क्षेत्रमा शरणार्थीको रुपमा बसेका छन् । उनीहरुका कारण अरुलाई पनि कोरोना भाइरसको महामारी फैलिन सक्ने खतरा रहेको भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया