बिहीबार, चैत १५, २०८०

चाैबीस घण्टामा २५९ संक्रमित थपिए, २६४ जना डिस्चार्ज

नेपालखोज २०७८ मंसिर १३ गते १६:१७

काठमाडाैं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ७ हजार २३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ र २ हजार ६५७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६ जना गरी कुल २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २१ हजार १२१ र एन्टीजेन विधिबाट ९५ हजार ४८८ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ रहेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप २६४ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख २ हजार ६५३ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ७ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५२४ पुगेको छ ।

प्रतिक्रिया