शनिबार, वैशाख १५, २०८१

कामना सेवा विकास बैंकको एकै दिनमा दुई शाखा

नेपालखोज २०७८ मंसिर १३ गते १८:०५

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकोे नवलपरासी, सुस्तापूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर तथा नवलपरासी, सुस्तापूर्व जिल्ला कोवासोती नगरपालिका, वडा न १६, डण्डा स्थित एकै दिनमा दुई शाखा कार्यालयहरु सञ्चालनमा आएको छ ।

बैंकका अनुसार ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरि सोमबार बैंकका अध्यक्ष्यश्री सुदिप आचार्यले समुद्घाटन गरेका हुन् ।
सोसियल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोवाईल बैंकिङ, एसएमएस बैंकिङ, जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया