आइतबार, जेठ ६, २०८१

सिद्धार्थ इन्स्योरेन्सबाट दाबी भुक्तानी हस्तान्तरण

नेपालखोज २०७९ वैशाख २१ गते २०:००

काठमाडौं । गत बर्ष मौसम विभागले सो वर्षको मनसुन सकिएको घोषणा गरिएको साता नपुग्दै २०७८ असोज ३१ देखि कार्तिक २ गतेसम्मको लगातारको बेमौसमी बर्षातले देशैभर व्यापक जनधनको क्षति भएको थियो । अक्टोवर महिनामा भएको भारी बर्षा १२ बर्ष यताकै उच्च थियो ।

उक्त बर्षातका कारण महाकाली नदिमा आएको बाढीले कञ्चनपुरको भिमदत्त–१२ ओदाली स्थित निर्माणाधिन ६ लेनको सडक, मनोरञ्जन पार्कको निमित्त बनेका पोखरीका संरचना र ४ लेनको पक्की पुलको पहुँच मार्गमा ठूलो क्षति पु¥याएको थियो ।

उक्त परियोजनाको यस बिमा कम्पनीमा ठेकेदारको सम्पूर्ण जोखिम बिमा भएकोले मूल्यांकनकर्ताबाट मूल्यांकन भइ कायम भएको क्षति वापतको बिमा रकम आठ करोड ९७ लाख ९८ हजार रुपैंयाँको चेक प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले बिमित कमार-सी एफ इसी जे/भी का प्रतिनिधी शुशील कुमार श्रेष्ठलाई हस्तान्तरण गरे ।

चालु आर्थिक वर्ष २०७८–०७९ को हालसम्म यस कम्पनीले सात हजार आठ सय २८ वटा दावी फर्छयौट गरी एक अर्ब सात करोड ६० लाख २६ हजार नौं सय ४८ रुपैंयाँ तथा अग्रिम दावी वापत विभिन्न दाबी कर्ताहरुलाई आठ करोड भुक्तानी गरी जम्मा एक अर्ब १५ करोड ६० लाख २६ हजार नौं सय ४८ रुपैंयाँ भुक्तानी गरेको छ भने फर्छयौट गर्न बाँकी दाबीको तीन हजार आठ सय ५७ (कोरोना दाबी बाहेक) रहेको र सो वापत भुक्तानी गर्नु पर्ने रकम एक अर्ब १६ करोड सात लाख ६२ हजार पाँच सय ९५ रुपैंयाँ रहेको छ ।

प्रतिक्रिया