मंगलबार, वैशाख ११, २०८१

बैंक अफ काठमाण्डुद्वारा ग्राहकलाई बिमा दाबी रकम भुक्तानी

नेपालखोज २०७८ मंसिर १३ गते २२:०३

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खाता खोली बैंकिङ कारोबार गर्दै आइरहेका गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्त्तता वापत ५ लाखको बिमा दाबी रकम हस्तान्तरण गरेकोे छ ।

उक्त खातावाहक खत्रीको दुर्घटनामा परी पूर्ण रुपमा अशक्त्तता भएकाले बैंकले बीमा सेवा प्रदायक कम्पनि सिद्धार्थ इन्सुरेन्स कम्पनी लिमिटेडसंग समन्वय गरी रकम हस्तान्तरण गरेको हो ।

बैंकको लुम्बिनी प्रदेशको नेपालगंज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक गोपाल खत्रीलाई हस्तान्तरण गरेका हुुन् ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८२ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिंग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया