शनिबार, जेठ ५, २०८१

‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को इन्टरनेट पार्टनरमा डिशहोम फाइवरनेट

नेपालखोज २०८० असार ८ गते १३:१७

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’मा डिशहोम फाइवरनेट इन्टरनेट पार्टनरको भूमिकामा देखिएको छ ।

आइसिटी फाउण्डेसन नेपालको आयोजनामा भोलिसम्म चल्ने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशका आइसिटी विज्ञहरु सहित ७० बढी स्रोत विज्ञहरु सहभागि छन् ।

द सोल्टी काठमाडौंमा सुरु कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढि सेसनहरु संचालन हुनेछन् ।

डिजिटल नेपाल कन्क्लेभको यो दोस्रो संस्करण हो । कन्क्लेभको प्रि–इभेन्टको रुपमा फाउण्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो ।

सातै प्रदेशको डिजिटल अवस्था र सक्षमताको जानकारी सहितको डिजीटल प्रदेश परिदृश्यको दोस्रो संस्करण कन्क्लेभमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया