एमाले महाधिवेशन : मतदान राति ११ बजेपछि सुरु हुने

नेपालखोज २०७८ मंसिर १३ गते २२:०४

काठमाडाैं । नेकपा (एमाले)को दशौं महाधिवेशनको निर्वाचनका लागि मतदान आज राति ११ बजेपछि मात्रै सुरु हुने भएको छ । यसअघि ९ बजेदेखि मतदान हुने कार्यतालिका सार्वजनिक भएको थियो ।

कार्यतालिकाअनुसार दिउँसो ३ बजेनै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्नुपर्ने थियो । अन्तिम नामावली तयार भएपछि विद्युतीय भोटिङ मेसिन (ईभीएम)को प्रणालीमा अपडेट गरिनेछ ।

उम्मेद्वारको नामावली ईभीएममा प्रविष्ट गर्न कम्तीमा ३ देखि ४ घण्टा लाग्ने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । सहमतिका लागि उम्मेद्वारी फिर्ता गराउन नेता जुटेका छन् ।

अध्यक्षमा केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेद्वारी दिएका छन् । यसैगरी सचिवमा पनि सात जनाको पदमा नौ जनाको उम्मेद्वारी परेको छ ।

प्रतिक्रिया