शुक्रबार, चैत १६, २०८०

विश्व स्वास्थ्य संगठनले भन्याे- ओमिक्रोन संक्रमणको उच्च जोखिम विश्वभरि

नेपालखोज २०७८ मंसिर १४ गते ८:५१

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै संक्रमणको उच्च जोखिम बढाउने भन्दै चेतावनी दिएको छ ।

सोमबार डब्लुएचओले यो भेरियन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणामहरू निम्त्याउन सक्ने बताएको हो । संगठनका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गेब्राएससले गरिब देशहरूमा खोप पठाउनका लागि पुन: आह्वान गरेका छन् ।

यो महिनाको सुरुमा ओमिक्रोन दक्षिण अफ्रिकामा पत्ता लागेको थियो । प्रारम्भिक प्रमाणहरूले यसको संक्रमण जोखिम धेरै रहेको देखाएका थिए । उक्त भेरियन्टबारे छिट्टै खबर गरिएको भनेर दक्षिण अफ्रिकाको प्रशंसा पनि गरिएको छ । बीबीसी

प्रतिक्रिया