सुनचाँदीकै भाउ सामान्य घट्याे

नेपालखोज २०७८ मंसिर १४ गते ११:०१

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन १ सय रूपैयाँले घटेकाे छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १ सय रुपैयाँले नै घटेकाे छ । तेजाबी सुन आज ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १५ रूपैयाँले घटेकाे छ । आज चाँदी १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया