एमाले महाधिवेशन : उम्मेदवारको सूची बाँडिएकामा नेता रावलको आपत्ति

चितवन । चितवनको सौराहामा जारी नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारको सूची बाँडिएको प्रति एमाले नेता डा. भीम रावलले आपत्ति जनाएका छन् । आज बिहान ४ बजेदेखि मतदान सुरु भएपछि रावलइतरको समूहले उम्मेद्वारको सूची प्रकाशन गरेर प्रतिनिधिलाई बाँडेको थियो ।
मतदान सुरु भएपछि उम्मेद्वारको सूची प्रकाशन गर्नु र प्रतिनिधिलाई वितरण आचारसंहिताविपरीत भएको भन्दै रावलले आपत्ति जनाएका हुन् । उनले भने, ‘मतदान इलाकामा पार्टी निर्वाचन आचारसंहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु ।’ निर्वाचन आचारसंहिताविपरीतको कामले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर बनाउने रावलको भनाइ छ ।
निर्वाचन आचारसंहिताविपरीतको गतिविधि रोक्नका लागि रावलले निर्वाचन आयोग र सुरक्षाकर्मीसँग आग्रह गरेका छन् । रावलइतर पक्षले पदाधिकारीसहित केन्द्रीय सदस्यका उम्मेद्वरको सूची प्रकाशन गर्दै ओली पक्ष बाहेककालाई मतदान गर्न संकेत प्रयोग गरेर वितरण गरेका हुन् ।

प्रतिक्रिया