मन्त्री झाँक्रीले भनिन्- काठमाडौं ढल र अव्यवस्थित मानिसहरुको थलो

काठमाडां । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सवारी साधनबाट हुने प्रदुषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताएकी छन् । आज जलवायु परिवर्तनसँग सुहाउँदो शहरी विकास परियोजना कार्यक्रम सार्वजनिक गर्दै मन्त्री झाँक्रीले सवारी साधनबाट हुने प्रदुषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताइन् ।
उनले ग्लोबल प्लेटफर्ममा नेपालले जनाएका प्रतिवद्धताहरुलाई सबै नागरिकहरुले आफ्नो एजेण्डा बनाएर अघि बढ्नु पर्ने आवश्यकता समेत औंल्याएकी छन् । मन्त्री झाँक्रीले अहिले भएका ठाउँहरुलाई राम्रो बनाउन कागजमा कार्यक्रम ल्याएर मात्रै नपुग्ने भन्दै सबैले आफ्नो क्षेत्रबाट आगामी ३० वर्षमा नेपालका विभिन्न शहरलाई नयाँ शहर बनाउने अवधारणा अनुरुप काम गर्नुपर्ने बताइन् ।
मन्त्री झाँक्रीले वस्तु र सेवाको उत्पादन बन्नु पर्ने काठमाडौं वस्तु र सेवाको उपभोगको केन्द्र बनेको बताइन् । उनले काठमाडौं व्यवस्थित र आधुनिक शहर नभइ ढल र अव्यवस्थित मानिसहरुको थलो भएको बताइन् ।
मन्त्री झाँक्रीले काठमाडौंलाई नयाँ काठमाडौं बनाउन कागजमा मात्र लेख्ने काम नगरी कार्यान्वयन गर्न र त्यसको अध्ययन अनुसन्धान हुनुपर्ने बताएकी छन् । झाँक्रीले काठमाडौंमा मेट्रो रेल चलाएर ट्राफिक जामको व्यवस्थापन गर्न सकिन्छ भन्नेहरुले त्यसको बारेमा अध्ययन नगरी जाने सुनेको भरमा मात्रै भन्दै हिँडेको बताइन् ।
मन्त्री झाँक्रीले नयाँ शहर, मेगा शहर र स्मार्ट सिटी बनाउनको लागि अध्ययन र अनुसन्धानको खाँचो रहेको बताएकी छन् । उनले इन्जिनियरिङ क्षेत्रमा अब पढ्दा र पढाउँदा आजको काठमाडौंलाई ३० वर्षमा नयाँ काठमाडौं बनाउने योजनाअनुसार प्रत्येक विद्यार्थीहरुलाई प्रोजेक्ट दिएर पढाउनु पर्ने बताइन् । मन्त्री झाँक्रीले नयाँ ढंगको सोचको विकास गरेर अघि बढ्नु पर्ने भन्दै देशको विकासका लागि नागरिकको सहयोग अपरिहार्य भएको बताएकी छन् ।
प्रतिक्रिया