शुक्रबार, चैत १६, २०८०

आलिया र रणवीरको विवाहको डेट फेरि सर्‍यो, कहिले हुँदैछ त विहे ?

नेपालखोज २०७८ मंसिर १४ गते १४:४०

मुम्बई । बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अब सन् २०२३ मा मात्रै वैवाहिक बन्धनमा बाँधिने भएका छन् । उनीहरु यसै वर्षको अप्रिलमा विवाह गर्न लागेको खबर केही समय अघि मात्रै बाहिर आएको थियो । तर अप्रिलमा पनि उनीहरुको विवाह भएन ।

कामको चाप धेरै रहेकाले दुवैले तत्काल विवाहका लागि समय दिन नसक्ने उनिहरुले बताइसकेका छन् । उनीहरुले भारत बाहिर विवाहको योजना बनाएका छन् । त्यसको तयारीका लागि पनि उनीहरुलाई समय लाग्नेछ। उनीहरु विवाह अघि र विवाह पछि लामो ब्रेक लिने सोचमा भएकाले अहिले आफ्ना सबै काम सकाउने योजनामा छन् ।

वर्तमान अवस्थामा उनीहरुको विवाह योजना सर्नुको पछाडि फिल्म ‘ब्रह्मास्त्र’ हो । फिल्मको टिम र रणवीर तथा आलिया विवाह अघि नै फिल्म रिलिज होस् भन्ने चाहेका छन् । यता आलिया करण जोहारका फिल्म ‘रोकी और रानीकी प्रेम कहानी’मा व्यस्त छिन् । फिल्ममा आलियासँगै रणवीर सिंह, धर्मेन्द्र, शबाना आजमी र जया बच्चन प्रमुख भूमिकामा हुनेछन् । दुवै जना सबै काम सकेर विवाहको योजनामा छन् ।

आलिया र रणवीरको जोडीलाई बलिउडका रुचाइएका जोडीका रुपमा लिइँन्छ । उनीहरु लामो समयदेखि डेटमा छन् । यो जोडी वैवाहिक बन्धनमा बाँधिएको हेर्न प्रशंसक आतुर देखिन्छन् ।

प्रतिक्रिया