शनिबार, वैशाख १५, २०८१

राष्ट्रिय रग्बी प्रतियोगिता इलामको माई नगरपालिकामा

नेपालखोज २०८० जेठ २६ गते ६:५४

काठमाडाैं । राष्ट्रिय रग्बी प्रतियोगिता आज जेठ २६ र भोलि २७ गते इलामको माई नगरपालिकामा संचालन हुँदैछ । माई नगरपालिका–४ शुक्रबारे बजारमा रहेको मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । यो जिल्लाकै पहिलो पटक राष्ट्रियस्तरको खेल प्रतियोगिता हुन लागेको रग्बी सङ्घ इलाम जिल्ला अध्यक्ष गङ्गा फ्याक (बिजु) राईले जानकारी दिए ।

उनले प्रतियोगिताले जिल्लामा यो खेलसँग सम्वन्धित खेलाडी बढ्ने र खेल पर्यटनसमेतको प्रवद्र्धन हुने आषा ब्यक्त गरेका छन् । यु–२० राष्ट्रिय रग्बी प्रतियोगिता हुने रग्बी सङ्घका केन्द्रीय प्रचार विभाग सदस्य नमिन ढकालले बताए । प्रतियोगितामा महिला र पुरुषको ११/११ टिमको सहभागीता रहनेछ ।

सात प्रदेशका सातवटा टीम र चारवटा क्लब प्रतियोगितामा समावेश हुने आयोजक तथा रग्बी सङ्घ माई नगरपालिकाका अध्यक्ष रन्जित काफ्लेले बताउनुभयो । विसं २०५२ (सन् १९९५) सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नेपाल रग्बी सङ्घ दर्ता भएको बताइएको छ ।

भारतमा अध्ययन गर्न गएका केही व्यक्तिले अग्रसरता देखाएपछि नेपालमा रग्बी सङ्घ दर्ता भएको थियो । यद्यपि २०६८ सालमा टङ्कलाल घिसिङको अध्यक्षतामा नेपाल रग्बी सङ्घको पुनःगठन भएपछि मात्र रग्बीले गति लिन थालेको हो ।

प्रतिक्रिया