एमाले महाधिवेशन (मतगणना अपडेट) : ओली १९००, रावल १९६
नेपालखोज
२०७८ मंसिर १४ गते १४:५२

चितवन । नेकपा एमालेको अध्यक्ष पदका लागि भएको चुनावमा हालसम्म केपी शर्मा ओलीले १ हजार ९ सय मत ल्याउदा भिम रावलले १९६ मत प्राप्त गरेका छन् । हालसम्म रावल भन्दा ओली ठूलो मत संख्याले अगाडी छन् ।
सुरुवाती नतिजाअनुसार अध्यक्षमा ओलीले निकै ठूलो मतले रावललाई पराजित गर्ने देखिएको छ । सोमबार रातिदेखि आज बिहानसम्म भएको मतदानमा दुई हजार ७९ मत खसेको थियो । अरू पदमा सर्वसम्मत भए पनि अध्यक्ष, उपाध्यक्ष, सचिव र केही केन्द्रीय सदस्य पदमा चुनाव भएको हो ।
सम्बन्धित
प्रतिक्रिया