बुधबार, वैशाख ५, २०८१

म्यानमारमा सुकी मुद्दामाको फैसला डिसेम्बर ६ सम्मका लागि स्थगित

नेपालखोज २०७८ मंसिर १४ गते १५:२१

म्यानमार । म्यानमारको जुन्ता अदालतले प्रजातान्त्रिक नेतृ आङ सान सुकीको मुद्दा स्थगित गरेको छ । अपदस्थ नागरिक नेतृ धेरै मुद्दाहरूमध्ये पहिलो फैसला हो, जसले उनलाई दशकौंसम्म जेल सजाय दिन सक्ने बताइएको छ ।

दक्षिणपूर्वी एसियाली देशको छोटो लोकतान्त्रिक प्रयासलाई अन्त्य गर्दै गत फेब्रुअरीमा सैन्य कू भएको थियो । यससँगै फेब्रुअरी १ मा सुकीलाई अपदस्थ गरी हिरासतमा राखिएको थियो ।

सो समय म्यानमारमा जारी रहेको सेनाविरुद्धको प्रदर्शनको क्रममा १ हजार २ सय भन्दा बढी मानिस मारिएका थिए । दश हजार भन्दा बढी पक्राउ परेका छन् । अदालतमा सुकीको सेनाविरुद्ध उक्साउने मुद्दामा सुनुवाइ गर्ने क्रममा थियो, यो मुद्धा साबित भएका सुकीलाई तीन वर्षको जेल सजाय हुनेछ । यस मुद्धाको फैसलालाई डिसेम्बर ६ सम्म स्थगित गरिएको सम्बन्धित स्रोतले जानकारी दिएको छ ।

सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा विशेष अदालतमा सुकीका वकिलहरूलाई भर्खरै मिडियासँग बोल्न प्रतिबन्ध लगाइएको छ । आज बिहान राजधानी नेपिडाउको विशेष अदालततर्फ जाने सडकमा कडा सुरक्षाको व्यवस्था गरिएको एएफपी संवाददाताले जानकारी दिएका छन् । अदालतको कोठा अदालतको फैसलाका लागि पत्रकारहरूका लागि सिमित रहनेछ, जुन्ता सरकारका प्रवक्ता जाव मिन टुनले एएफपीलाई बताएका छन् ।

प्रतिक्रिया