शुक्रबार, वैशाख १४, २०८१

ओलीसहित निर्वाचित पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ

नेपालखोज २०७८ मंसिर १४ गते १९:४२

काठमाठौं । दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष ओलीलाई पार्टी निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

चितनवको सौंराहामा सम्पन्न राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा ओलीले १८३७ मत ल्याई अध्यक्षमा निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत प्राप्त गरेका थिए । त्यसैगरी निर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुले अध्यक्ष ओलीबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

एमालेका केन्द्रिय अनुशासन आयोगका अध्यक्ष केशव बडाल र लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेललाई निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले शपथ खुवाएका छन् भने केन्द्रिय अनुशासन आयोगका सदस्यहरुले अध्यक्ष बडालबाट र लेखा आयोगका अध्यक्ष कँडेलले सोही आयोगका सदस्यहरुलाई शपथ खुवाएका हुन् ।

प्रतिक्रिया