शनिबार, वैशाख १५, २०८१

पत्रकार सहकारी बनाएर उत्पादनसँग जोडिनु पर्छ : अर्थमन्त्री शर्मा

नेपालखोज २०७८ मंसिर १५ गते १:००

ललितपुर । सामुदायिक पूँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग जोडिनु पर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । मंगलबार प्रेस सेन्टर ललितपुरको चौँथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दे उनले पत्रकारहरूले पत्रकार सहकारी बनाएर जान सक्ने बताएका हुुन् ।

पत्रकारिता पेशा मात्र नभएर अरू हिसाबले पनि आत्मनिर्भर र उत्पादनसँग जोडिन पत्रकारहरूको सहकारी समूह बनाउन सकिने मन्त्री शर्माले बताएका हुुन् । त्यसबाट समग्र सामाजिक तथा राजनीतिक विचारलाई पनि स्थापित गर्दै लान सकिने उनले बताए ।

मन्त्री शर्माले तत्काल राष्ट्रिय पूँजी निर्माण हुने सम्भावना कम रहेको बताउदै पहिले सामुदायिक पूँजी निर्माण गर्नुपर्नेमा जोड दिए । उनले व्यक्तिगत प्रतिस्पर्धाहरूलाई पनि कायम गरी समुदायलाई बलियो बनाउन स्रोत र साधनको स्वामित्व समुदायलाई प्रदान गर्नुपर्ने बताए ।

पत्रकारहरूलाई गलत अवस्थामा पार्टीको आलोचना गर्ने स्वतन्त्रता रहेको पनि उनले बताए । आस्थाकै आधारमा गलत कार्य तथा प्रवृत्तिको आलोचना गर्न नपाउने भन्ने नहुने मन्त्री शर्माले बताएका हुन ।

प्रतिक्रिया