बिहीबार, वैशाख १३, २०८१

अविताले नेपालमा आफ्नो लाइफ स्टाइल टेक ब्रान्डसहित व्यापार विस्तार गर्ने

नेपालखोज २०७८ मंसिर १५ गते ३:००

काठमाडौं । अमेरिका, हङकङ्ग, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारत जस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेपछि अविताले अब नेपालमा पनि आफ्नो लाइफ स्टाइल टेक ब्रान्डसहित व्यापार विस्तार गर्ने भएको छ ।

अविताले बजारमा एक अतुलनिय तर निर्वाध कम्प्युटिङको अनुभव दिनेमा विश्वस्त छ । यसमा भविष्यवादी दृष्टिकोणले प्राविधिक विकासहरूसँगै नयाँ पुस्ताका प्रयोगकर्ताहरुको चाहना अनुरुप नवप्रवर्तनलार्ई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ । अविताले नेपाली बजारमा आफ्नो पकड जमाउन विशेष गरी जीवन्त रंगमा डिजाइन गरिएको र विशिष्ट विशेषता सम्मिलित कुशलतापूर्वक निर्मित ल्यापटपका श्रृखलाहरु ल्याएको छ ।

यो ब्राण्डका ल्यापटप हल्का, अल्ट्रा–पोर्टेबल र अपुर्व विशेषताले भरिपुर्ण रहेकोले युवावर्गलाई आकर्षित गर्ने विश्वास लिइएको छ । यो ब्रान्डको ‘एसेन्शियल’, ‘म्यागस २–इन–१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१–‘लाइवर भी १४’ ल्यापटप शृङ्खलाले नेपालको बजारलाई उत्साहित गर्नेछ । सबै अविताका उत्पादनहरू २ वर्षको अन–साइट वारेन्टीसहित आउँदछन भने ‘म्यागस २–इन–१’ मा २ वर्षको क्यारी–इनवारेन्टी आउँदछ ।

नेक्ष्टजिओ कम्पनी लिमिटेडका सीईओ र सह–संस्थापक एलेक्स चुङले आफ्नो विचार साझा गर्दै भने, “हामी अन्ततः हिमालयको भूमिमा पाइला टेक्न पाउँदा उत्साहित छौँ, हाम्रो उद्देश्य दक्षिण एसियाली बजारमा आफ्नो व्यापार विस्तार गर्ने हो र यससँगै हामीले हाम्रा उपभोक्ताहरूको हृदयमा विश्वव्यापी पद चिह्न छोड्ने योजना पनि बनाएका छौं ।”

प्रतिक्रिया