साउदी अरेरिबायाद्वारा यमनमा बमबारी

आदेन । केही वर्षदेखिको द्वन्द्वग्रस्त देश यमनमा साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिन यतादेखि बमबारी भएको बताइएको छ । यमनको मारिब सहरमा सो बमबारी गरिएको समाचारमा जनाइएको छ ।
त्यसमा परि भएको क्षतिको बारेमा भने केही बताइएको छैन । तर सो सहरमा केही दिनदेखि नै निरन्तर रुपमा सैन्य विमानहरुद्वारा बमबारी भएको अधिकारीहरुले जनाएका छन् । मारिब शहरको अधिकांश भूभाग अहिले पनि यमनका विद्रोहीहरुको कब्जामा रहेको यहाँका अधिकारीहरुले जनाएका छन् ।
उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका विरुद्धमा कारबाही गर्दै आएको छ ।
गएका केही वर्षदेखि नै हुथी विद्रोहीहरुको कब्जामा रहेको सो सहर तेलको धनी मानिन्छ । त्यसैले यो सहर समय समयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको पाइन्छ । रासस/सिन्ह्वा
प्रतिक्रिया